काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत शुरू गरिएको रास्वपाले जनाएको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन् ।त्यस अवसरमा उनले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा