काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रो स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा रास्वपाले आज बिहान माइतीघरमा ‘सडक र संवाद’ भेला आयोजना गरेको थियो । भेलामा राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान समेत शुरू गरिएको रास्वपाले जनाएको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी)ले मतदाता, शुभेच्छुक सदस्य तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति आभार प्रकट गरेका छन् ।त्यस अवसरमा उनले समृद्ध र न्यायपूर्ण समाज निर्माणमा पार्टी निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा