काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ । पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘हामीलाई सुरुका दिनदेखि आजसम्म अहोरात्र स्वदेशमा तथा विदेशमा बसेर भौतिक रूपमा वैचारिक रूपमा साथ दिनुहुने सम्पूर्ण नेपालमा तथा विदेशमा बस्नुहुने तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू र उहाँहरू समक्ष हाम्रा सूचनाहरू पुर्याउनुहुनेप्रति एकमुष्ट शुभकामना दिन चाहन्छु ।
केही समयअघि मृत्यु वरण गर्नुभएका सुरेश रजकको परिवारलाई तेस्रो स्थापना दिवसको दिन पारेर तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छौँ ।’
उनले पार्टीका सूचनाहरू जनतासम्म पुर्याउने सम्पूर्ण सञ्चार जगत् र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा