काठमाडौँ । नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी तथा पहिरो प्रभाव देखिएको छ । यसले गर्दा केही स्थानमा राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बिहान ११ बजे जारी गरिएको सूचनाका अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण महेन्द्र राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा घोराही रुकुम सहिद राजमार्ग र पाल्पाको तिनाउ गाउँपालिका–२ को सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्णरुपमा अवरोध रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा
यी जिल्लामा आकस्मिक बाढीको जोखिम
बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जल स्तर बढ्यो
बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध