काठमाडौँ । नेपाल र नेदरल्यान्ड्सबीच हिजो भएको म्याचमा टिटायर्ड हर्ट भएका ब्याट्सम्यान आरिफ शेख घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी आज हुने स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा उपलब्ध छन् ।
हिजोको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका आरिफले २३ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तर, १९ औँ ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिनुपर्यो । अर्को इन्डमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरीको स्पिडमा विकेटको बीचमा दौडिँदा उनलाई सकस परेको थियो ।
अन्तिम ओभरमा जितका लागि ७ रन चाहिँदा आरिफ बाहिरिएपछि लोकश बम क्रिजमा आएका थिए, जसले दुई छक्का हान्दै नेपाललाई जिताए ।आरिफलाई सामान्य क्र्याम्प मात्रै भएको क्यानलेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने