काठमाडौँ । नेपाल र नेदरल्यान्ड्सबीच हिजो भएको म्याचमा टिटायर्ड हर्ट भएका ब्याट्सम्यान आरिफ शेख घाइते नभएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । उनी आज हुने स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा उपलब्ध छन् ।
हिजोको म्याचमा उत्कृष्ट ब्याटिङ गरेका आरिफले २३ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै नेपाललाई जित नजिक पुर्याएका थिए । तर, १९ औँ ओभरको अन्तिम बलपछि उनी मैदानबाट बाहिरिनुपर्यो । अर्को इन्डमा रहेका उपकप्तान दीपेन्द्रसिंह ऐरीको स्पिडमा विकेटको बीचमा दौडिँदा उनलाई सकस परेको थियो ।
अन्तिम ओभरमा जितका लागि ७ रन चाहिँदा आरिफ बाहिरिएपछि लोकश बम क्रिजमा आएका थिए, जसले दुई छक्का हान्दै नेपाललाई जिताए ।आरिफलाई सामान्य क्र्याम्प मात्रै भएको क्यानलेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ असार २०८२, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
क्यानले सार्वजनिक गर्यो वार्षिक क्यालेण्डर
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
क्यानले तोक्यो एनपीएलको टिकट दर