काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ । बिहीबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।
भिजिट भिसा प्रकरणमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।
भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ । भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनले बताए ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरे । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणमा रास्वपाले छाडेन अडान
भिजिट भिसा प्रकरणको अनुसन्धान जारी हुँदा पक्ष विपक्षमा जुहारी