कपिलवस्तु । कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
विजयनगर गाउँपालिका–५ नौरंगिया निवासी करिब ४० वर्षीया जन्ममति यादवको बुधबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार गाउँ नजिकै खेतमा भैँसी चराउन गएकी उनको चट्याङबाट घटनास्थलमै मृत्यु भएको हो।
उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु
झापामा चट्याङ लागेर २ जना घाइते
चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु
वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु
डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु