काठमाडौं । सरकारले इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीहरुको नामावली संकलन सुरु गरेको छ । इरानसँगको संघर्ष चर्किएकाले नेपालीहरुलाई उद्धार गर्ने प्रयोजनका लागि नामावली संकलन थालिएको हो ।
इजरायलको तेल अविवस्थित नेपाली दूतावासले अनलाइन फारम भर्न मिल्ने लिंक सार्वजनिक गरेको छ र त्यसमा आफ्ना विवरण भर्न भनेको छ । इजरायलमा करिब ५५० र इरानमा १२ जना नेपाली छन् । उनीहरुबारे अहिलेसम्म अप्रिय खबर नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले युद्धका कारण अप्ठ्यारोमा परेकाहरुलाई आवश्यकता अनुसार उद्धार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह