काठमाडौँ। नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन छिट्टै सुरु गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘गृहमन्त्रीले ३० दिनभित्र छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । भित्र भनेको हो । यसकारण ३ दिनभित्रै गरियोस्’ उनले भने । सरकार भिजिट भिसामा छानबिन गर्न तयार भएपछि सदन खोल्न सहमत भएको पनि उनको प्रष्टीकरण छ ।
‘प्रतिपक्षी दलहरूमध्ये एउटा दल नाराबाजीमा छ’ उनले स्मरण गरे । उनी अगाडि भन्छन्, ‘भिजिट भिसा प्रकरणको माध्यमबाट मानव तस्करी भयो । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन मुछियो भनेर हामी पनि ३० गतेसम्म संसद्मा अवरोधकै अवस्था बन्यो । छानबिनका लागि सरकार तयार भएपछि सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।’
सहमति अनुसार सरकारले छानबिन छिट्टै सुरु गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय