रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०८२, ११ : ३७
रौतहटमा चट्याङ लागेर वृद्धको मृत्यु

काठमाडौँ । रौतहटमा चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । आइतबार बिहान गरुडा नगरपालिका-१ जयनगरका ६५ वर्षीय सियाराम बनियाको चट्याङ लागेर मृत्यु भएको हो ।

मृतक बनिया घर अगाडि बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका थिए। प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस