काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य ई.नन्दलाल बन्जाडेले पोलिटब्युरो बैठक बोलाउन माग गरेका छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पार्टीले चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न तत्काल पोलिटब्युरो बैठक बोलाउन उनले माग गरेका हुन् ।
‘यो गम्भीर परिस्थितिमा हाम्रो पार्टीले चाल्नुपर्ने कदम र लिनुपर्ने राजनीतिक निर्णयका लागि तत्काल हाम्रो पार्टीको पोलिटब्युरोको बैठक राख्न पहल गरौँ भन्ने आह्वान गर्दछु’, बन्जाडेले पार्टीका नेताहरूलाई एसएमएस गर्दै बैठकका लागि पहल गर्न माग गरेका हुन् ।
आयोगले १२ वर्ष अगाडि आफैले तामेलीमा राखेको पतञ्जली जग्गा खरिद प्रकरणको मुद्धालाई उधिनेर पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपालविरुद्ध २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अध्यक्ष नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि पार्टीको कुनै पनि कमिटीको बैठक बस्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय