काठमाडौ । प्रधानमन्त्री केपी ओलीलाई भारत भ्रमण गराउनेमा भारत सकारात्मक रहेको दावी एमाले नेताहरुले गरेका छन् ।
गत वर्ष प्रधानमन्त्री बनेयता एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दक्षिणी छिमेकी मुलुक भारतको भ्रमण गर्न निक्कै कसरत गरेका थिए । यद्यपि, भारतले ओलीको भ्रमणमा अनिच्छा देखाउँदा उनको भारत भ्रमण हुन सकिरहेको थिएन ।
तर पछिल्लो पटक भारत प्रधानमन्त्री ओलीको भ्रमणका लागि सकारात्मक देखिएको नेकपा एमालेका एक नेताले बताए । उनका अनुसार, प्रधानमन्त्री ओलीले अब स्पेन भ्रमणपछि भारतको भ्रमण गर्ने गरी प्रारम्भिक तयारी सुरु भएको छ । ओली असार १६ देखि १९ सम्म स्पेनको सेभिलमा आयोजना हुने चौथो संयुक्त राष्ट्र संघीय विकास वित्तपोषण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन जाने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले उनको यो भ्रमणको तयारी अन्तिम चरणमा पु¥याएको छ । त्यसपछि भारत भ्रमण गराउने गरी भारतीय पक्षबाट आएको प्रारम्भिक सकारात्मक सन्देशसहित त्यसको पनि तयारी शुरु गरेको छ ।
भारतले नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन सरकारलाई नरुचाएको कारण ओलीको भ्रमण हुन नसकिरहेको विश्लेषण नेपालमा हुने गरेको छ । तर यी दुई पार्टीको सरकार तलमाथी तत्काल नहुने देखेपछि भारतले पनि ओलीलाई अब भारत भ्रमण गराउन खोजेको देखिएको छ ।
ओली गत वर्ष असार अन्तिम साता प्रधानमन्त्री बनेका थिए । त्यसयता उनले आफनो तर्फबाट र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र पार्टी नेताहरु समेत परिचालन गरेर भारत भ्रमणमा जान आतुर गरेपनि भारतले हरियो झन्डा नदेखाउदा उनको भ्रमण हुन सकिरहेको थिएन । यद्यपि, ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाह्य मुलुकमै दुई पटक भेट गरिसकेका छन् ।
प्रधानमन्त्रीको रूपमा ओलीले संयुक्त राष्ट्र संघको महासभा र छैटौं बिमस्टेक शिखर सम्मेलनको छेउमा क्रमशः न्यूयोर्क र बैंककमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई पटक भेटेका छन् । तर उनले दिल्ली भ्रमणमा देखाएको रुचीमा भारतीय पक्षको सकारात्मक सन्देश नआउँदा ओलीको भारत भ्रमण हुन सकरिहेको थिएन ।
भारतले नेपालका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन सरकारलाई नरुचाएको कारण ओलीको भ्रमण हुन नसकिरहेको विश्लेषण नेपालमा हुने गरेको छ । तर यी दुई पार्टीको सरकार तलमाथी तत्काल नहुने देखेपछि भारतले पनि ओलीलाई अब भारत भ्रमण गराउन खोजेको देखिएको छ ।
एमाले नेताहरुका अनुसार, असार भित्रै प्रधानमन्त्रीको भारत भ्रमण गराउन भारत सकारात्मक देखिएको थियो । तर भारत पाकिस्तानका बीचमा पहलगाम घटनापछि यो मिति केही पछाडी धकेलिएको एमाले नेताहरु बताउँछन् । अब स्पेनको भ्रमणपछि ओलीको भारत भ्रमण हुने सम्भाबना बढेर गएको छ ।
ओलीसँग भारत विभिन्न घटनाक्रमका कारण चिढिएको थियो । खासगरी, ओलीले भारतप्रति गर्ने टिप्पणीलगायतका कारण भारत ओलीसँग सन्तुष्ट थिएन । सोही कारण ओलीले भारत भ्रमणमा जान चाहेपनि हुन सकिरहेको थिएन । यधपी, अब असार अन्तिम साता या साउन दोस्रो सातासम्ममा ओलीको भारत भ्रमण गराउने गरि प्रारम्भिक तयारी सुरु भएको एमाले नेताहरुको दावी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ जेठ २०८२, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले दिए राजीनामा
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्रीको कुर्सीमा टास्सिरहने केपी ओलीको हठ जनतालाई स्वीकार छैन
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा
थाईको प्रधानमन्त्रीमा चार्नविराकुल निर्वाचित
प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै