काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युलीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
मन्त्रालय स्रोतका अनुसार भेटका क्रममा दुई देशबीचको पुरानो कूटनीतिक सम्बन्ध, विकास सहकार्यका क्षेत्र, नेपालमा जारी शान्ति प्रक्रिया तथा न्यायमा सर्वसाधारणको पहुँच विस्तार गर्ने विषयमा आपसी धारणा आदानप्रदान भएको थियो।
दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्यका सम्भावित क्षेत्र विस्तार गर्ने विषयमा सकारात्मक छलफल गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, १५ तोला सुन
मुद्दा ढिलाइ न्यूनीकरणका लागि अध्ययन कार्यदल गठन गर्ने कानुनमन्त्री गौतमको निर्णय
कानुनमन्त्री गौतमले गरिन् पदभार ग्रहण