कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, १३ : १२
कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराएका हुन्  ।

‘वकिलहरुको ५०–६० प्रतिशत काम सिंहदरबारभित्र हुने भएकाले नयाँ नियम लागु गर्नु भएन भनेर ध्यनाकर्षण गराएँ,’ उनले भने । ‘सिंहदरबार प्रवेशमा असहज परिस्थिति भए काममा ढिलासुस्ती हुने र सेवाग्राही मर्कामा पर्नेतर्फ आफूले ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस