काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)को निर्वाचन तालिका फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले यसअघि शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तय भएको कार्यतालिका परिवर्तन गरेर दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु गर्ने जनाएको छ ।
परिवर्तित निर्वाचन कार्यतालिका अनुसार १ः१५ बजे उम्मेदवारी दरखास्त आह्वान गर्ने, २ः४५ बजे उम्मेदवारको मनोनयन सूची प्रकाशन र दाबी विरोध आह्वानका साथै उम्मेदवारविरुद्ध उजुरी गर्ने समय दिएको छ ।
यस्तै ३ः३० बजे उजुरी परेको सूचना प्रकाशन, ३ः४५ मा उजुरी उपर छानबिन र निर्णय गर्ने तथा अपराह्न ४ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ ।यस्तै उम्मेदवारको अन्तिम नामावली ५ः२० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समितिले जनाएको छ ।
यसअघि समितिले बुधवार र बिहीबार दुई पटक निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । सर्वसम्मतिबाट नै नेतृत्व चयनको प्रयास जारी रहेकाले कार्यतालिका प्रभावित भएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।
ओलीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदमा लगभग सहमति नजिक पुगिएको छ । वाईसीएलमा ३५ सदस्य पदाधिकारी रहेकोमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ७, सचिव १७ र कोषाध्यक्ष १ रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा