काठमाडौँ । नेकपा माओवादी केन्द्रले वाईसीएलबाट बिदा भएका पाँच उपाध्यक्षलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।
हालैको स्थायी कमिटी बैठकको निर्णयको सर्कुलर पठाउँदै गोमनबहादुर मल्ल, केहर कुँवर, उमेश घोरासैनी, मञ्जु बम, सुदीप ढुंगानालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराइएको छ ।
विद्यार्थी मोर्चाका निवर्तमान पदाधिकारीहरूको सम्बन्धमा यसअघिको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधि बनाइएकालाई सोही रूपमा यथावत् कायम राख्ने, विद्यार्थी मोर्चाका अन्य निवर्तमान पदाधिकारीहरूको हकमा तत्कालीन विद्यार्थीसम्बन्धी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालय समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश समितिमा यथावत् राख्ने निर्णय पनि गरिएको छ ।
यस्तै, प्रदेश समितिमा सिफारिस भएकाहरूको हकमा प्रदेश प्रतिनिधिका रूपमा जिम्मेवारी दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले सुरक्षाकर्मी घटाएपछि ‘प्रचण्ड’को सुरक्षामा खटियो वाईसीएलको टोली
यस्तो बन्यो वाईसीएलको ७४ जना पदाधिकारी टीम (सूचीसहित)
वाईसीएललाई प्रचण्डको निर्देशन : ‘प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिनुहोस्’
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा