काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सहमति नभएपछि इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, अध्यक्ष सुबोध शेर्पाली लगायतका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
सहमतिमै नेतृत्व टुङ्ग्याउनका लागि दीपशिखा र शेर्पाली प्रचण्डसँग राय लिन खुमलटार गएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार अध्यक्ष पदमा पुष्प ओली, केहरसिंह कुँवर, नवराज ऐर र गणेश शाहीले दाबी गरेका छन् । सहमति वा निर्वाचन प्रक्रिया जे भए पनि कुँवर, ओली, ऐर र शाहीमध्ये एकबाट आउने सम्भावना रहेको ती नेताले दाबी गरे ।
‘दीपशिखा र सुबोधजी अध्यक्ष प्रचण्डले भेट्न खुमलटार गएका छन् । अध्यक्ष पदका लागि चार जनाले दाबी छोडेका छैनन् । सहमति वा निर्वाचन प्रक्रियाबाट जे भए पनि केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर र गणेश शाहीमध्ये एक जना अध्यक्ष बन्ने सम्भावना देखिन्छ । यद्यपि अहिलेसम्म खुमलटारबाट केही खबर आएको छैन’, ती नेताले भने ।
सहमति नभए निर्वाचन प्रक्रियामा जाँदा दीपशिखा पक्षबाट केहरसिंह र पुष्पमध्ये एक जना अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको अर्का एक नेताले बताए । अध्यक्ष सुबोधको तर्फबाट नवराज र गणेशमध्ये एक अध्यक्षको उम्मेदवार बन्ने ती नेताले जानकारी दिए ।
यस्तै अर्का एक नेताका अनुसार पार्टी अध्यक्ष प्रचण्डले जसलाई चाहना गरे उही नै अध्यक्ष बन्ने दाबी गरे । ‘वाईसीएलका प्रथम अध्यक्ष प्रचण्ड नै हुन् । अध्यक्षभन्दा माथि कोही हुन सक्दैन । उहाँले सहमतिमै नेतृत्व चयन गर भन्नुभयो भने त्यही अनुसार चुनिन्छ । होइन निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउन भन्नुभयो भने सबैले मान्नुपर्छ’, ती नेताले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो