काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो रूपमा उभिन वाईसीएललाई छन्।
सोमबार बिहान खुमलटारमा वाईसीएलको नवनिर्वाचित पदाधिकारी टिमलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले हाल प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसविरुद्ध सशक्त रुपमा उत्रनुपर्ने बताएका हुन्।
उनले भने, 'प्रतिक्रियावादी प्रतिगमनकारीहरूले प्राप्त उपलब्धिलाई उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरिरहेका छन्। जनयुद्ध, माओवादी, युवा, वाईसीएल, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने प्रयास भइरहेका छन्। अब तपाईंहरूको टिम जनरल स्टाफ जस्तै हो। तपाईंहरूले पार्टी नेतृत्व र आदेशमा सबै खाले प्रतिगमनविरुद्ध आफूलाई खरो र दह्रो सावित गर्नुहुनेमा म विश्वास लिएको छु।'
प्रचण्डले विधान संशोधन गरेर बनाइएको ७५ सदस्यीय पदाधिकारी टिमलाई आवश्यक क्षमताको केन्द्रिकरण भएको उल्लेख गरे। 'पदाधिकारी पहिलाकोभन्दा बढी बनाइयो, तर प्रकारान्तरले क्षमताहरूको केन्द्रिकरण भयो। यसले संगठनलाई गतिशील, चुस्त र दुरुस्त बनाउन मद्दत गर्छ,' उनले भने।
विधान पारित गरेर भोलिपल्टै संशोधन गरिएकोप्रति आफूलाई आलोचना गरिएको बताउँदै उनले भने, 'हुन त विधान आज एउटा पारित गर्ने, भोलिपल्ट संशोधन गर्ने के गरेको होला भनेर मलाई पनि सुनाएका थिए। तर तपाईंहरूले सहमतिमै सबै काम गर्नुभयो, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो जरुरी: प्रचण्ड
'चुनाव हामी जित्छौं तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ' : प्रचण्ड
कमजोरी सच्याउँदै जनताको चाहना अनुसार पार्टीलाई अघि बढाउछौं : प्रचण्ड
प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा
प्रधानमन्त्री बन्ने रुचि छैन, जनताको सेवकको रूपमा सधैँ काम गर्ने चाहना : प्रचण्ड