काठमाडौं । एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टचार मुद्दा पूर्वाग्रह प्रेरित भएको जनाएको छ ।
एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाए ।
‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ । अहिले मुद्दा दायर गर्नु किन पर्यो ?,’ पाण्डेले भने, ‘अख्तियारले तामेलीमा लगेको केस हो । ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’
पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए । भ्रष्टाचार मुद्दा दायर भएसँगै पूर्वप्रधानमन्त्री नेपालको सांसद पद पनि निलम्बनमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ जेठ २०८२, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह
उपसभामुख हटाउने कुरा आए हामी विरुद्धमा जान्छौं: एकीकृत समाजवादी