काठमाडौं । राजनीतिमा सार्वजनिक आलोचनालाई बदल्ने प्रयास नयाँ होइन । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मै भी चौकीदार’ अभियान चलाएर आलोचनालाई जनभावनामा रूपान्तरण गरेका थिए ।
पाँच वर्षपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले “म झोले हो” अभियान चलाउँदै त्यसैको नक्कल प्रस्तुत गरेका छन् । तर यी दुई अभियानको गहिरो विश्लेषण गर्दा ओलीको प्रयास आत्मरक्षात्मक, अपरिपक्व र प्रचारमुखी नौटंकी जस्तो देखिएको छ ।
सन् २०१९ मा भारतीय कांग्रेस नेता राहुल गान्धीले “चौकीदार चोर है” भन्दै मोदीलाई सिधा आक्षेप लगाएका थिए । यो कथनसँगै विपक्षीहरूको मोदीमाथीको धावा सुरु भयो । तर मोदीले आलोचना पचाउँदै त्यसैलाई चुनावी सशक्तीकरणको औजार बनाइदिए । उनले ट्वीटर ह्यान्डलमा “चौकीदार नरेन्द्र मोदी” भन्दै थपे, पार्टी नेताहरूले पनि यसैलाई अनुसरण गरे । यो अभियानले मोदीलाई एक “जनसेवक“ को छवि निर्माण गर्न सहयोग गर्यो ।
मोदीको ‘मै भी चौकीदार’ रणनीति थियो, ओलीको ‘म झोले हो’ प्रतिक्रियात्मक आत्मरक्षा । एउटाले आलोचनालाई जनतालाई जोड्ने सूत्र बनायो, अर्काले आलोचनालाई ढाक्ने पर्दा । केपी ओलीको अभियान, रणनीतिक हैन, प्रचारात्मक नौटंकी हो— जसले न त आलोचना चिर्न सक्छ, न जनताको मन जित्न ।
मोदीको अभियान रणनीतिक मात्र थिएन, जनमानसमा भावनात्मक प्रभाव पार्ने किसिमको थियो । चौकीदार प्रतीकले ईमानदारी, सुरक्षाकर्मी र जनताप्रति समर्पणको भाव झल्काउँथ्यो । यसैका कारण उनले आलोचना उल्ट्याएर समर्थन बटुल्न सके ।
नेपालमा भने केपी ओली र नेकपा एमालेमाथि सामाजिक सञ्जालमा पछिल्लो समय चर्को आलोचना हुँदै आएको छ । एमाले कार्यकर्तालाई “झोले” भन्ने शब्दले व्यंग्य गरिएको छ–जसको अर्थ पार्टीका अन्ध समर्थक, नेतृत्वको जथाभावी कार्यको बचाउ गर्ने टोली, र विवेकहीन कार्यकर्ता भनिन्छ । पार्टीभित्र गलत कामको समेत आलोचना गर्न नसक्ने अन्धभक्तहरु रहेको आरोप एमालेमा लाग्ने गरेको छ ।
खासगरी ओलीको जुनकुनै निर्णयमा प्रश्न उठाउनेहरु एमालेभित्रै ठेगान लाग्न थालेको बेलामा ओली र उनका अन्धभक्तमाथी झोले शब्दको प्रयोग गरेर सामाजिक सन्जालमा आलोचना बढ्न थालेपछि ओलीले मोदी शैलीमा जनताको मत जित्ने रणनीति बनाउन खोजेको देखिन्छ – झोले अभियान ।
तर ओलीले उक्त आलोचनालाई “गौरवको बिल्ला” बनाउन खोज्दा त्यो केवल हास्यास्पद देखिन पुगेको छ । बरु जनताको गम्भीर प्रश्नको जवाफ दिन नसक्ने असमर्थता पनि प्रकट गरेको छ ।
“म झोले हो, म परिवर्तनको झोला बोक्ने हो” भन्ने अभिव्यक्तिको अर्थ ओलीले जनताको आलोचना नै नसहने, त्यसको उत्तर तर्क होइन, भावनात्मक जाल हो भन्ने देखाउँछ ।
जनता अहिले भ्रष्टाचार, महँगी, बेरोजगारीबाट आक्रान्त छन् । त्यस्तो बेलामा प्रधानमन्त्री ओलीले राजनीतिक आलोचना प्रति जवाफ दिनुको सट्टा “म झोले हो“ भन्दै आत्मरक्षात्मक पर्खाल बनाउनु जनतालाई झुक्याउने असफल प्रयास हो ।
यो अभियानमा विचारको स्पष्टता छैन, न त दीर्घकालीन रणनीति । ओलीको झोले अभियान न त नेतृत्वको दिगोपन देखाउँछ, न त जनभावनाको सम्मान । बरु यो एमालेभित्र आलोचना दबाउने, अन्ध समर्थन बढाउने, र पार्टीभित्र विवेकशील बहसलाई खतम पार्ने शैली देखिन्छ ।
मोदीको ‘मै भी चौकीदार’ रणनीति थियो, ओलीको ‘म झोले हो’ प्रतिक्रियात्मक आत्मरक्षा । एउटाले आलोचनालाई जनतालाई जोड्ने सूत्र बनायो, अर्काले आलोचनालाई ढाक्ने पर्दा । केपी ओलीको अभियान, रणनीतिक हैन, प्रचारात्मक नौटंकी हो—जसले न त आलोचना चिर्न सक्छ, न जनताको मन जित्न ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० जेठ २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८४ को निर्वाचनमा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैनः ओली
एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली
विधान महाधिवेशनमा विद्याको विषय छलफल नहुने ओलीको अडान
ओलीलाई फरक मतको डर, विद्यान महाधिवेशन अगाडी केन्द्रीय कमिटी बैठक अनिश्चित
मोदीको जन्मदिन पारेर ओली–मोदी विशेष भेट, दिल्लीको हैदरावाद हाउसबाहिर भेट गर्ने तयारी
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !