थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु

एजेन्सी

सोमबार, २२ मंसिर २०८२, १२ : २०
थाइल्यान्डद्वारा कम्बोडियामाथि हवाई आक्रमण सुरु

काठमाडौँ । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरु गरेको बताएको छ ।

आक्रमण थाइल्यान्ड-कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।