काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । गत भदौं २४ अगाडीसम्म कांग्रेस र एमालेले आलोपालो प्रधानमन्त्री हुने गरी देउवा र ओलीले संयुक्त सरकार चलाएका थिए ।
जनेजी विद्रोहपछि कांग्रेस एमालेको झण्डै दुई तिहाईको सरकार ढलेन मात्र राजनीतिक घटनाक्रम नै नयाँ ढंगले विकास भएर गएको छ । ओली प्रधानमन्त्रीको कुर्सी छोडेर सेनाको हेलिकप्टरबाट बालुवाटारबाट भाग्नुपरेको थियो भने देउवा पत्नी डा आरजु राणा देउवासँगै निवास बुढानिलकन्ठमा कुटिएका थिए ।
त्यसपछि देउवाले पूर्णवहादुर खड्कालाई कार्याबाहक सभापतिको जिम्मेवारी दिएर सिंगापुरमा उपचार गरेर फर्केका थिए ।
अहिले कांग्रेस चुनाव केन्द्रीत हुन खोजिरहेको छ भने एमाले शुसीला कार्की नेतृत्वको सरकारले चुनाव गराउनै नसक्ने भन्दै अदालतमा संसद पूर्नस्थापनाको निवेदन लिएर पुगेको छ ।
जेनजी विद्रोहपछि ओली र देउवाका बीचमा प्रत्यक्ष पहिलो भेट हुन लागेको हो । देउवालाई भेटन ओली जान लागेको एमाले स्रोतले बताएको छ । ‘उहाँहरु (ओली र देउवा)का बीचमा आज भेटवार्ता हुने गरी तय भएको छ,’ ओली निकट एक नेताले भने, ‘देउवा भेट्न ओली आफैं उहाँ (देउवा) बसेको स्थान जानुहुनेछ ।’
जेनजी विद्रोहपछि सत्ताच्यूत भएका ओलीको पार्टी एमाले महाधिवेशनको तयारीमा समेत छ । आगामी ८ दिन पछि एमालेको काठमाडौंमा महाधिवेशन हुन लागेको छ । ओली फेरि तेहेरिएर एमाले अध्यक्ष हुने तयारीमा छन् ।
कांग्रेसमा पनि पुस २६ देखि २८ सम्म पार्टीको महाधिवेशन गर्ने मिति तय भएको छ । देउवा भने विद्यानतः फेरि कांग्रेसको सभापति हुन पाउने छैनन ।
यो परिवेशमा दुई नेताका बीचमा हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली र देउवाबीचको भेटवार्तामा एमालेले अदालतमा लगेको संसद पूर्नस्थापनाको निवेदन र त्यसमाथीको छलफल तथा आगामी निर्वाचनको सम्भाबना लगायतका विषयमा केन्द्रीत रहेर छलफल समेत हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ मंसिर २०८२, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार
देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए
पार्टी विभाजन नहोस् भन्ने चाहेको छु: देउवा
विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’ : देउवा