काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गरेकामा छन् । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेन जेड आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराएका थिए ।
गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। एनसेलका अनुसार जेन जेड आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो ।
अवलोकनपछि मन्त्री खरेलले आफूले एनसेलमा भएको क्षतिबारे जानकारी लिन आएको बताएका थिए । उनले एनसेलले जेनजीलाई लक्षित गरी ‘प्याक’ ल्याउन लागेको सुन्दा खुसी लागेको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेपालका लागि डिजिटल रूपान्तरण अनिवार्य’ : सञ्चार मन्त्री खरेल
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चार मन्त्री खरेल
‘सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ’ : सञ्चार मन्त्री खरेल
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
काँग्रेस सभापति देउवा र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’