एजेन्सी । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीले तेहरानमा भएको भेटघाटका क्रममा उनलाई ‘अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदा’ बताएका छन्।
यो प्रस्ताव, संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियम वृद्धि गरिरहेको रिपोर्ट गरेका बेला आएको हो।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने दाबी गरेकी छन्।
उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन्- इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन।’
लेभिटले यो प्रस्ताव राष्ट्रपति ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले तयार पारेको जानकारी दिँदै प्रस्ताव विस्तृत र स्वीकार्य रहेको जिकिर पनि गरेकी छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर प्रस्तावको जवाफ दिने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत