एजेन्सी । अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीले तेहरानमा भएको भेटघाटका क्रममा उनलाई ‘अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदा’ बताएका छन्।
यो प्रस्ताव, संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग गरिने युरेनियम वृद्धि गरिरहेको रिपोर्ट गरेका बेला आएको हो।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता स्वीकार गर्नु इरानको हितमा हुने दाबी गरेकी छन्।
उनले भनिन्, ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन्- इरानलाई कहिल्यै आणविक बम बनाउन दिइने छैन।’
लेभिटले यो प्रस्ताव राष्ट्रपति ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफले तयार पारेको जानकारी दिँदै प्रस्ताव विस्तृत र स्वीकार्य रहेको जिकिर पनि गरेकी छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर प्रस्तावको जवाफ दिने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०८२, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण