काठमाडौँ । हिमताल फुटेर आएको बाढी/पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन व्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरू पठाइएको जानकारी दिए ।
उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १र१ क्वीन्टल भुजा, चिउरा, १० पकेट चिया पठाइएको छ। यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उनले बताए। चार वटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, सामान पुगिसकेको छ’ उनले भने ।
तिलगाउँमा बाढी पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । बाढी/पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पुगेको बताउनु भयो । उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए