काठमाडौँ । हिमताल फुटेर आएको बाढी/पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएको छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन व्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरू पठाइएको जानकारी दिए ।
उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १र१ क्वीन्टल भुजा, चिउरा, १० पकेट चिया पठाइएको छ। यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उनले बताए। चार वटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ । ‘सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, सामान पुगिसकेको छ’ उनले भने ।
तिलगाउँमा बाढी पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् । बाढी/पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पुगेको बताउनु भयो । उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद् सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
हुम्लामा हिमपात
हुम्लामा चैतलो पर्व मनाएर वसन्त ऋतुको स्वागत
सवस्टेशन निर्माणका लागि हुम्लामा ११० रोपनी जग्गा अधिग्रहण
हुम्लाका विद्यार्थी हिउँमै बसेर अध्ययन गर्दै