काठमाडौँ । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको सुर्खेत प्रहरीले जनाएको छ ।
चंखेली गाउँपालिका-४ बेशी खोला स्थित भित्री सडक खण्डमा शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नं। को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएकोले थप उपचारका लागि सुर्खेत पठाउन सेनाको हेलिकप्टर माग गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ असोज २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री
हुम्लामा बाढीपहिरोले भेडी गोठका २६ बाख्रा पुरिए