धनगढी । डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।
पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै, चट्याङ लागेर सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
गुल्मीमा चट्याङ लागेर ३ जना घाइते
रौतहटमा चट्याङ लागेर २ किशोरको मृत्यु
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते