काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज उनले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरबार विहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् । “जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरबार विहीन बन्न पुगेका छन्”, उनले भनेका छन्, “अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।”
महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रा प्रयत्नका तुलनामा षड्यन्त्रकारी मुखर भएर आए: शंकर पोखरेल
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल
राष्ट्रसामु नयाँ चुनौती थपिएका छन्, सामना गर्नुको विकल्प छैन’: शंकर पोखरेल
नयाँ पुस्ताको विश्वास जित्नेगरी पार्टी गतिविधि अघि बढाऔं : शंकर पोखरेल
‘आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्’ : शंकर पोखरेल
धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल