चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका–२८ मा पर्ने उक्त स्थानमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाइसकेको अवस्थामा आइतबार साँझ ५ः२५ बजे महिलाको शव फेला परेको हो ।
चितवन प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेको थियो ।
प्रहरीले मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला