काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले खेलाडीहरु अनुशासित र मर्यादित नागरिक भएको बताएका छन् ।
११औं शंस्करणको सगरमाथा अन्तर्रारिष्ट्य कराते प्रतियोगिताको उदघाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।
स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण, अनिवार्य र जरुरी रहेको उनको भनाइ थियो । खेलाडी भविष्यका राष्ट्र निर्माता र अनुशासित नागरिक भएको पुनले बताए ।
पुनले नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिता मित्र राष्ट्रहरुबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी योगदान पुग्ने बताए । मित्र राष्ट्रहरुबीच हुने खेलले सदभावना अभिवृद्धिका लागि ती देशका नागरिकहरुको बीचमा पुलको काम गर्ने उल्लेख गरे ।
नेपाल सितोरियो कराते शाखा डोजो नक्सालको आयोजनामा ललितपुरको सातबोबाटो कराते एकेडेमीमा सुरु प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र कतारका गरी ५ सय ५५ खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।
चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर समूहमा कूल ५८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष गजेन्द्रबहादुर खपांगीले जानकारी दिए । शनिबार १५ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा
नेपालले ८, भारतले ६ र १ बंगलादेशले एक स्वर्ण जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ जेठ २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन
जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागवण्डामा बन्धकी बनाइएको भन्दै वर्षमानको आक्रोश
स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’: वर्षमान पुन
नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार हुँदैन: वर्षमान पुन
नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन : वर्षमान पुन
प्रचण्डकाे राजनीतिको ब्राण्ड भ्यालु राम्रो छ: वर्षमान पुन