काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीयता ल्याउने पार्टीहरू नै संघीयता विरोधी रहेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित संघीयताको कसीमा आर्थिक वर्ष २०८२/८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २५ हजारदेखि ५० हजारसम्मका बजेट पनि संघले विनियोजन गर्ने परिपाटी रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहप्रति संघ सरकारले विश्वास नगरेको आरोप लगाए ।
यसबाट संघीयताको विरोधी अरू कोही नभएर संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै रहेको पुष्टि भएको उनले जिकिर गरे । ‘संघीयता कार्यान्वयनमा मेन्टालिटीको कुरा गर्दा खेरी बजेट कहाँ कति दोस्रो कुरा हो, ५० हजार, २५ हजारका संघले हाल्ने के हो त त्यो ? त्यो मेन्टालिटी त हो’ पूर्वअर्थमन्त्री समेत रहेका शर्माले भने, ‘तल संयन्त्र छ, संरचना छ, उसलाई कार्यान्वयन गर्ने विश्वास छैन, दिइँदैन । त्यो खालको मनोविज्ञानले काम गरिरहेको छ ।’
उनले थपे, ‘संघीयताको विरोधी अरू कोही होइन, संघीयताका विरोधी संघीयता ल्याउने र संविधान बनाउने पार्टीहरू नै छन् । आफू सत्तामा पुग्दा कार्यान्वयन भइराखेको छैन । कानुन बनिराखेको छैन । कानुन नबनेर तल प्रदेशले आफ्ना अधिकार पाइराखेको छैन । बनेका कानुनको अधिकार हस्तान्तरण भएको छैन । बनेको कानुन कार्यान्वयन हुँदैन । तल दिइएको बजेट फिर्ता ल्याइन्छ । कुन योजना कसको भनेर छुटाइएको छैन । यसले गर्दा हाम्रो संघीयता प्रतिको बुझाइ नै बेठिक छ ।’
उहाँले संघीयता कार्यान्वयनका लागि संघीयता पक्षधरहरूले दबाब दिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने