काठमाडौं । जेठ २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुन लागेको सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुख नआउने भएका छन् । नेपालले छिमेकी मुलुक देखि कतिपय देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई आमन्त्रण गरेपनि सगरमाथा संवादमा कुनै पनि देशका प्रमुखहरु नआउने भएका हुन् ।
“जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य“ विषयमा केन्द्रीत रहेर नेपालले सगरमाथा संवादको पहिलो सस्करण आयोजना गर्न लागेको हो । नेपालले सुरु गरेको यो बहु सरोकारवाला संवाद मञ्च पनि हो । तर यो सम्वादमा कुनै पनि देशबाट सरकार प्रमुख वा राष्ट्रप्रमुखलाई नेपालले ल्याउन नसक्नुलाई भने कुटनीतिक असफलता मानिन्छ । प्रधानमन्त्री केपी ओली र परराष्टमन्त्री डा आरजु राणा देउवाका तर्फबाट भएको यो कुटनीतिक असफलता हो ।
विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका सबैभन्दा प्रमुख मुद्दाहरूमा छलफल गर्न नेपालले सुरु गरेको यो खालको बहु-सरोकारवाला संवाद मञ्च मा नेपालले आमन्त्रण गरेका ३५० भन्दा बढी आमन्त्रितमध्ये आधा जसोले मात्र सहभागिता जनाउने सम्भाबना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सगरमाथा संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा गर्नेछन् । यसअघि सरकारले भारत, चीन र अन्य क्षेत्रीय देशहरूबाट उच्च राजनीतिक स्तरमा उच्चस्तरीय सहभागिता सुनिश्चित गर्न त्यही अनुसारको निमन्त्रण र कोसिस गरेको थियो । तर, सरकारको कमजोर कूटनीतिक पहुँचका कारण ती देशबाट उच्च्स्तरीय सहभगता जुटाउन सफल हुन सकेन ।
डाभोसमा विश्व आर्थिक मञ्च, सिंगापुरमा साङ्ग्रिला संवाद र नयाँ दिल्लीमा रायसिना संवाद जस्ता विश्वव्यापी प्लेटफर्महरूबाट प्रेरित भएर नेपलले पनि सगरमाथा संवाद पहिलो पटक २०१९ मा अघिल्लो ओली सरकारले घोषणा गरेका थिए । तर त्यसबेला कोभिड महामारीका कारण रद्द गरिएको थियो । त्यसपछि फेरि ओली सरकारमा आएपछि उनले सगरमाथा संवाद गर्ने निर्णय लिएका थिए ।
डाभोस, सिंगापुर, नयाँ दिल्ली र अन्य ठाउँमा हुने कार्यक्रमहरू विदेशबाट उच्चस्तरीय प्रतिनिधित्वले भरिएका थिए । तर नेपाल सरकारले कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई काठमाडौं भित्राउन नसकेपछि काठमाडौंस्थित कूटनीतिक नियोग र दाता समुदायका प्रमुखहरूलाई नै उच्चस्तरीय प्रतिनिधिहरूको सूचीमा राखेको छ ।
“कूटनीतिक समुदाय र दाता समुदायका यी सदस्यहरू काठमाडौँमा नियमित कार्यक्रम र रात्रिभोजमा उपस्थित हुन्छन् र उनीहरूलाई उच्चस्तरीय प्रतिनिधिमण्डलको सूचीमा समावेश गर्नु मजाक हो,” एक पूर्व नेपाली राजदूतले भने ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार, कुल आमन्त्रितहरूमध्ये आधा मात्र सहभागी हुनेछन् । जसमा मंगलबारसम्म १२ देशका उच्चस्तरीय सहभागिता पुष्टि भएको छ । तर यी उच्चस्तरीय सहभागीहरूमध्ये धेरैजसो या त वातावरण मन्त्रीहरू, वा जलवायु परिवर्तन सम्बन्धी विशेष दूतहरू वा समकक्षी पद धारकहरू छन् । यसैलाई सरकारले अहिले उच्चस्तरीय सहभागिताको संज्ञा दिएको छ ।
भारतबाट वातावरण मन्त्री भूपेन्द्र यादवले प्रतिनिधित्व गर्नेछन् भने राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सियाओ जीले कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास