काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् ।
‘विपिनको अपहरणपश्चात् उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बाबजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ: प्रचण्ड
रुकुमपूर्वबाट राजनीतिक सन्देश दिने ‘प्रचण्डको घोषणा
रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वाकसँगै घरदैलो अभियान
प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता
‘उत्पीडित समुदायको अधिकारका लागि अझै संघर्ष गर्नुपर्नेछ’ : ‘प्रचण्ड’
प्रचण्ड उम्मेदवारी दर्ताका लागि आजै रुकुमपूर्व जाँदै