काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवाहरूले ‘जेनजी रेड फोर्स’ गठन गरेका छन् । अनेरास्ववियु(क्रान्तिकारी)की केन्द्रीय सदस्य समेत रहेकी स्मृति तिमिल्सिनाको संयोजकत्वमा रेड फोर्स गठन भएको हो । सङ्गठनको नेतृत्व जेनजीले गर्ने भए पनि १४ देखि २९ वर्ष उमेरले नेतृत्व गर्ने गरी फोर्स गठन गर्न लागिएको संयोजक तिमिल्सिनाले रातोपाटीलाई बताइन् ।
‘अहिलेको सङ्क्रमणकालीन अवस्थामा देश साम्राज्यवादी तथा प्रतिक्रियावादीको रण मैदान बन्ने खतरा छ । सरकार विभिन्न एनजिओ/आइएनजिओले चलाइ राखेका छन् । देश नै नरहने अवस्था छ । जेनजी रेड फोर्स गठन गर्नुको उद्देश्य पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षमा नम्बर एक पार्टी बनाउने हो’, उनले भनिन् । तिमिल्सिनाले असोज २९ गते सङ्गठनको औपचारिक घोषणा गर्ने तयारी भए पनि आज बेलुका सबै जिल्लाका संयोजकसँग छलफल गरी निष्कर्षमा पुग्ने बताइन् । उनका अनुसार अहिलेसम्म ४० जिल्लामा संयोजक तोकिएको छ । तिहार लगत्तै एक्सनमा उत्रिने तिमिस्सिनाले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन