काठमाडौँ । मधेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।
नयाँ सरकार गठनका लागि भोलि बुधबार अपराह्न ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न आह्वान गरिएको छ ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।
मधेश प्रदेश सभामा काँग्रेसको २२, नेकपा एमालेको २५, जनता समाजवादी पार्टी, नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ९, नेकपा माओवादी केन्द्रको ९, एकीकृत समाजवादी पार्टीका ७, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको एक/एक गरी १०७ जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त