रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०८२, १९ : ००
रेफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ ।

सीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रक्रियागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक स्तरको २७ असोजको निर्णयअनुसार सीमितहरूको उपचार प्रक्रिया सहज र सरलीकृत हुने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एक पटक प्रथम सेवा विन्दुबाट रिफर गरिसकेको बिरामीलाई पुनः रिफर आवश्यक नभएको बताइएको छ ।

बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी सो विषयमा जानकारी गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस