काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता-कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिम पटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्।
‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एक प्रकारले अन्तिम उपस्थिति रह्यो। उहाँले पार्टी सभापतिको रूपमा महत्त्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो। त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने
परिस्कृत काँग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको गगन थापाको दाबी
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति