काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको आज अन्तिम सहभागिता रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नेता-कार्यकर्तासँग महामन्त्री थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा अन्तिम पटक सहभागी भएको र सम्बोधन गरेको बताएका हुन्।
‘पार्टी सभापतिले बाँकी रहेका जिम्मेवारी पूरा गर्न केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी छाडेर जानुभएको छ,’ उनले भने, ‘सभापतिको हैसियतमा केन्द्रीय कार्यसमितिमा आज एक प्रकारले अन्तिम उपस्थिति रह्यो। उहाँले पार्टी सभापतिको रूपमा महत्त्वपूर्ण निर्देशन र घोषणा पनि गर्नुभयो। त्यसलाई सम्मान गर्दै आजको बैठक एजेन्डामा प्रवेश गरेन।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति