काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
ज्ञानेन्द्रलाई भदौ १८ गते दुई लाख रुपैयाँ घुससहित अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो।
उनले दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि घुस लिएको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोड आठ लाख बढीको भ्रष्टाचार मुद्दा
सूचना प्रविधि केन्द्रका पूर्वनिर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा