काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आगामी पार्टी महाधिवेशनमा पनि आफैं अध्यक्ष लड्ने खुलेर बताउन थालेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको नरसंहारको जिम्मेवार केपी ओली हुनुपर्ने र उनले तत्काल पार्टीको नेतृत्व समेत छोड्नुपर्ने आवाज एमालेभित्रै उठिरहेका बेला ओलीले भने अवको चुनावमा एमालेले आफ्नै नेतृत्वमा लड्ने र पार्टीको आगामी महाधिवेशनमा पनि आफैं अध्यक्ष बन्ने बताउन थालेका छन् ।
जेनजी आन्दोलनमा दर्जनौ संख्याका कलिला विद्यार्थी मारिँदासम्म सरकार नछोड्न ओलीले अडडी लिएकाकारण अन्ततः उनी प्रधानमन्त्रीबाट राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकप्टरमा भाग्नु परेको थियो ।
त्यसपछि १० दिन नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर भक्तपुरको गुन्डुमा डेरा सरेका ओलीले अहिले पार्टीका सचिवालयमा रहेका नेताहरुलाई एक्लाएक्लै बोलाएर चुनाव आफ्नै नेतृत्वमा फेस गर्ने र पार्टीको महाधिवेशनमा पनि आफैले अध्यक्षमा फेरि चुनिन प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
एमाले नेताहरु पनि ओलीको हठका कारण् आश्चर्य देखिएका छन् । भएभरको शक्ति लुटिएको छ । प्रधानमन्त्रीको पद गएको छ । आफै बालुवाटारबाट सेनाको हेलिकप्टर बोलाएर भाग्नुपरेको छ । भक्तपुर, झापा देखि ताप्लेजुङसम्मका उहाँकै घर जलेको छ । उहाँकै हठका कारण देशभर एमाले पार्टी कार्यालय, नेता कार्यकर्ताका घर जलेका छन्, पार्टी उठ्नै नसक्ने गरी सडकमा पछारिरहेको छ । यस्तो बेला पनि उहाँ (ओली)ले पद छोडने संकेत गरेका छैनन, ओलीसँग भेटेका एक एमाले पदाधिकारीले भने ।
‘मैले अहिले पार्टीलाई यस्तो हालतमा छाड्न पनि मिल्दैन, तपाईंहरूले छाड भन्न पनि मिल्दैन । अहिले पार्टीको नेतृत्व छाड्दा देशलाई निकै ठुलो असर पर्छ’ ओलीले नेताहरुसँग एक्लाएक्लै भेटमा भनेका छन् ।
ओलीलाई भेटेका एमाले नेताहरु पनि ओलीको हठका कारण् आश्चर्य देखिएका छन् । भएभरको शक्ति लुटिएको छ । प्रधानमन्त्रीको पद गएको छ । आफै बालुवाटारबाट सेनाको हेलिकप्टर बोलाएर भाग्नुपरेको छ । भक्तपुर, झापा देखि ताप्लेजुङसम्मका उहाँकै घर जलेको छ । उहाँकै हठका कारण देशभर एमाले पार्टी कार्यालय, नेता कार्यकर्ताका घर जलेका छन्, पार्टी उठ्नै नसक्ने गरी सडकमा पछारिरहेको छ । यस्तो बेला पनि उहाँ (ओली)ले पद छोडने संकेत गरेका छैनन, ओलीसँग भेटेका एक एमाले पदाधिकारीले भने । ओलीले फागुन २१ को चुनाव आफ्नै नेतृत्वमा पार्टीले फेस गर्ने मात्र नेताहरुसँग बताएका छैनन, पार्टीको अवको नेतृत्वका लागि महाधिवेशनमा समेत आफै फेस गरेर अध्यक्ष बन्ने बताएको पनि ती नेताले बताए ।
‘चुनाव मेरै नेतृत्वमा लड्ने हो, पपुलर छु कि छैन चुनावबाट पुष्टि हुन्छ,’ ओलीको भनाई उद्धृत गदै ती पदाधिकारीले भने, ‘पार्टीभित्र पनि परीक्षा दिन्छु, महाधिवेशन फेस गर्छु ।’
ओलीले त्यसो भनेपनि पार्टीभित्र उनलाई नेतृत्व छोडन प्रेसर पर्न थालेको छ । तर ओली नेताहरुको एक्लाएक्लै नाडी छाम्ने र बैठक छल्ने गदैं आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'केपी ओली र रमेश लेखकलाई कारबाही गर'
ओलीले भने : प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश थिएन
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानियो : ओली
जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली
सैनिक ब्यारेकबाट फर्किए ओली
ओली–लेखकसहित एक दर्जन नेता अझै सेनाकै ब्यारेकमा, कुन–कुन नेता निस्किए ?