एजेन्सी । अमेरिकाले भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन्।
पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन।’
उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन्। नयाँ विचार र कूटनीति नै पुस्तौँदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो।’
अमेरिकी हस्तक्षेपबारे के भनिन्?
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भनिन्, ‘जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, तब हामी यसको जानकारी साझा गर्दैनौँ। यो हाम्रो नीति हो।’
उनले थपिन्, ‘हामीलाई लाग्छ- जब नेताहरूले व्यक्तिगत स्तरमा कुरा गरिरहेका हुन्छन्, त्यसका विवरण मिडियामा सार्वजनिक गर्नु जरुरी हुँदैन।’
यद्यपि, ट्यामी ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको न त पुष्टि गरिन् न अस्वीकार।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन्।
यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे। उनले प्रत्यक्ष वार्तामा पनि जोड दिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०८२, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन
अमेरिका र इरानबिचको उच्चस्तरीय वार्ता सम्पन्न