काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिसोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८२ साल वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम व्यवस्थित रहेको टिप्पणी गरे । “संविधान कार्यान्वयनका क्रममा देखिएको कमीकमजोरी सच्याउने कुरा आएको छ । यो राम्रो पक्ष हो । संविधानको समीक्षा गर्ने बेला आएको छ”, उनले भने, “विकासको परियोजना विभिन्न सरकारले घोषणा गरेका आयोजनाको समीक्षा गर्ने र सम्पन्न नहुने परियोजना खारेज हुने नीति आफैँमा राम्रो छ । रकम खर्च गरेर सम्पन्न नहुने परियोजना खारेज हुनुले दुरदृष्टि नीति दिइएको छ ।”
भट्टराईले तीनै सरकारबीचको समन्वय गरिने नीति पनि दुरदृष्टि रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेरुजु आउनै नदिने गरी काम गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल
सडक बनाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री दाहाल
बाढी पहिरो क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने देखियो : मन्त्री दाहाल
सडक दुर्घटना कम गर्ने नीति बनाउँछौं : मन्त्री दाहाल