काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको बताए । दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने उनले बताए ।
महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको बताए ।
‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं,’ उनले भने ।
उनले थपे, ‘यसले भारत, नेपाल चीन जोड्न सघाउ पुग्नेछ । संसारका ठूला देशहरूलाई जोड्न सकियो भने धेरै लाभ लिन सक्नेछौं ।’उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय द्विविधा देखिएको बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको मन्त्री दाहालले जानकारी दिए ।
दाहालले ड्राइभिङ लाइसेन्सको समस्या हल भएको दाबी गरे । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको जिकिर गरे ।अब लाइसेन्स दिने काम प्रदेशको भएकाले १ साउनदेखि प्रदेशले नै दिने उनले जानकारी दिए ।
मन्त्री दाहालले अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागु गर्नुपर्ने बताए । साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उनको जानकारी दिए । मन्त्री दाहालले नेपाल सरकारले जामलाई व्यवस्थित गर्ने काम गरिरहेको बताउँदै यातायात व्यवसायीहरूसँग बसेर यातायातका समस्याका बारेमा छलफल गर्न आफू तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३२ असार २०८२, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री दाहाल र टर्कीका यातायात मन्त्रीबिच भेटवार्ता
‘नीति तथा कार्यक्रम व्यवस्थित छ’ : मन्त्री दाहाल
बेरुजु आउनै नदिने गरी काम गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल
सडक बनाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ : मन्त्री दाहाल
बाढी पहिरो क्षतिको पुनर्निर्माणका लागि २० देखि २५ अर्ब लाग्ने देखियो : मन्त्री दाहाल