काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र टर्कीका यातायातमन्त्री अव्दुल कदीर उरालोग्लुबिच भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा आयोजित ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ लाई सम्बोधनका लागि पुगेका मन्त्री दाहाल र टर्कीका यातायात मन्त्री उरालोग्लुबिच आइतबार भेटवार्ता भएको हो ।
उनीहरुबिच दुईपक्षीय हितका बारेमा साइडलाइन वार्ता भएको बताइएको छ । उक्त समारोहलाई सम्बोधनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले नेपाल लगायत भूपरिवेष्ठित मुलुकहरुको विकासका लागि क्षेत्रीय सहकार्यमा जोड दिएका थिए ।
नेपालले बहुआयामिक तथा बहुदिशात्मक कनेक्टिविटी नीति अंगिकार गरेको उल्लेख गर्दै उनले निर्माणाधीन करिडोरहरुले विशाल भूगोल र जनसंख्या भएका दुई छिमेकी मुलुकहरुलाई जोड्ने उल्लेख समेत गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ असार २०८२, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा मन्त्री दाहालको जोड
‘थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्नेछ’ : मन्त्री दाहाल
नेपाल ईभी युगमा गइसक्यो : मन्त्री दाहाल
‘नीति तथा कार्यक्रम व्यवस्थित छ’ : मन्त्री दाहाल
बेरुजु आउनै नदिने गरी काम गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको पहुँच अभिवृद्धि गर्नुपर्छ : मन्त्री दाहाल