इलाम । केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।
संघीय सरकारको रु. एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।
पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजंघा सडक विकसित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ११ : १९
लेखकबाट थप