क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ । यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो ।
यो दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १० मिनेटमा भएको प्रहरीले जानकारी दिएको छ । घरमा विमान खस्ने बित्तिकै आगलागी भएको थियो । दुर्घटनाको समयमा मानिसहरू घरमा नै भए पनि उनीहरूलाई सुरक्षित उद्धार गरिएको थियो । भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार तत्कालै आगोलाई नियन्त्रणमा लिइएको थियो ।
सिमी भ्याली प्रहरीका अनुसार विमानमा सवार कोही पनि जीवित रहेनन् । फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार चार सिट भएको सिंगल इन्जिन विमान ल्यांकेस्टरको विलियम जे फक्स एरफिल्डबाट कामारिलो विमानस्थलका लागि उडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको एफएएले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?
अमेरिकाद्वरा भेनेजुएलाको अर्को तेल ट्यांकर जफत