काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्ने र धारणा बनाउने बैठकको एजेन्डा रहेको नेता डा. बेदुराम भुसालले जानकारी दिए । सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र सुशासन कायम गर्ने हिसाबको नभएको सो पार्टीको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्पादन र सुशासन कायम गर्ने तथा रोजगारी सिर्जना गर्ने हिसाबको छैन कमजोर छ’, भुसालले रातोपाटीसँग भने, ‘दिगो विकास र १६ औँ योजनाका लक्ष्यहरूलाई पनि नीति तथा कार्यक्रमले पछ्याएको छैन ।’
भुसालले सरकार आफैँले बनाएको आर्थिक सुधार आयोगका सुझाव एकाध छोए पनि सबै नसमेटेकाले कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्न नसक्ने जनाए । नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबारबाट छलफल हुँदैछ । छलफलमा प्रतिपक्षीहरू नीति तथा कार्यक्रमको विपक्षमा उभिने निश्चित छ भने सत्तापक्षका सांसदहरूले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय