काठमाडौं। डडेल्धुराबाट धनगढीका लागि छुटेको इभी गाडी सहजपुरमा दुर्घटनामा परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएका हुन् ।
दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते हुनेमा इभी चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, इभीमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन् ।
उनीहरूको धनगढीका अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ । अरु यात्रु सकुशल छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस पल्टिँदा ३८ जना घाइते
त्रिशूली किनारामा पुरिएको बस निकाल्ने प्रयास सकस
त्रिशुलीमा बस बालुवामा पुरिएकाे अस्थामा भेटियो
अल्जेरियामा बस नदीमा खस्यो, १८ जनाको मृत्यु
रौतहटमा बस पल्टियो, १० जना घाइते