काठमाडौं। डडेल्धुराबाट धनगढीका लागि छुटेको इभी गाडी सहजपुरमा दुर्घटनामा परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडाबाट धनगढीका लागि छुटेको सुपप्र ०२ ००१ ज ५०७ नम्बरको इभी हायस र धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०२००१६ प १२५२ नम्बरको बस चुरे गाउँपालिका–३ सल्लेरीमा ठोक्किएका हुन् ।
दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । घाइते हुनेमा इभी चालक परशुराम–१२ का २६ वर्षीय कमल धामी, इभीमा सवार सोही ठाउँकी ९ वर्षीया प्रतीक्षा सिंजा मगर र बसमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ की ३० वर्षीया निर्मला भट्ट रहेका छन् ।
उनीहरूको धनगढीका अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ । अरु यात्रु सकुशल छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणघाट-मुग्लिन सडकमा बस र माइक्रो ठोक्किँदा मृत्यु भएका पाँच जनाको सनाखत
मकवानपुरमा बस पल्टियो, ३५ जना घाइते
झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला
गोरखाबाट काठमाडौंका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन
चितवनमा माइक्रो बस ट्यांकरसँग ठोकियो, १६ जना घाइते
सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार