विराटनगर । कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताए ।
लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उनले लगानीको सम्भावना प्रचुर रहेको बताए । उद्यमशीलता गर्नेका लागि सरकारको साथ रहेको भन्दै उनले भने, ‘उद्यमशीलताको खोजीमा लाग्नुहोस् ।’
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताए । कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरू अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरू अध्यादेशमार्फत संसोधन गरेको बताउँदै उनले लगानीको वातावरण पर्याप्त रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग