म्याग्दी। म्याग्दीको बेनी नगरपालिका– ७ मङ्गलाघाटमा दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पर्वतको जलजला गाउँपालिका– ३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोल बस्ने राजु विकले मंगलबार दाउरा प्रहार गर्दा २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलका अनुसार शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका– २ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।
घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गर्दा भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ