कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम प्रदेशको अछाम पुगेका छन् ।
हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको क्रममा अध्यक्ष दाहाल अछाम पुगेका हुन् ।
अभियानका क्रममा अध्यक्ष दाहालसहितको टिमले अछामी समुदायको परम्परागत परिकार भक्सीको स्वाद लिएको छ ।
भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ । तयार पारिएको मिश्रण केराको पातमा बेरेर आगोको भुङ्ग्रेमा पकाइन्छ । यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरेर बनाइने अर्को लोकप्रिय परिकार हो ।
स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा बेरेर पकाइएको भक्सी र डल्ला मासको स्वादले भरिपूर्ण परिकार खाजाका रूपमा ग्रहण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?