काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ मा सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया र छलफलमा सहभागी भएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग प्रत्यक्ष संवाद गरे । अन्तरक्रियामा सहभागी दुवै स्थानीय तहका सहिद तथा बेपत्ता परिवारले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
अन्तरक्रियामा सहभागीहरूले जनयुद्धको ऐतिहासिक सन्दर्भ, आफ्ना संघर्षका कथा लेखेर शैक्षिक पाठ्यक्रममा समेट्नुपर्ने, जीविकोपार्जन, बालबच्चाको पालनपोषण, शिक्षा र रोजगारीका समस्याहरू समाधान गर्न आग्रह गरे ।
गुनासाहरू सुनेपछि अध्यक्ष प्रचण्डले भने, ‘पार्टीले वर्गीय र सहिद, बेपत्ता परिवारसँग सम्बन्ध सुधार गर्न देशभर अभियान चलाइरहेको छ । हामी सकेसम्म सहिद तथा बेपत्ता परिवारका घरमै बसी दुःख सुख साट्दै आएका छौँ ।’
उनले जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको प्रसंग स्मरण गरे ।प्रचण्डले थपे, ‘शान्ति प्रक्रिया नसकिन्जेल अदालतको आदेशका कारण रोकिएको भए पनि पार्टी जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा अडिग छ ।’
उनले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको र आयोग गठन प्रक्रिया अघि बढेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड